Entertainment,
News
»
चलचित्र ‘हाउ फन्नी’को प्रिमियर प्रियंका ले लगाएको पहिरन लामो हुँदा मिलाइदिने \\\\\\
चलचित्र ‘हाउ फन्नी’को प्रिमियर प्रियंका ले लगाएको पहिरन लामो हुँदा मिलाइदिने \\\\\\

नायिका प्रियंका कार्की कुनै पनि चलचित्रको कार्यक्रममा पहिरनमा राम्रै ध्यान दिन्छिन् । तर, उनले लगाएको पहिरनको ध्यान भने अरु कसैले दिनुपर्ने हुन्छ । कारण, उनले लगाएको पहिरन लामो हुँदा मिलाइदिने दिने, तानिदिने अर्को मानिस पनि चाहिन्छ । चलचित्र ‘सुन्तली’को प्रिमियरमा पनि यी सुन्दरीले लगाएको पहिरन यति लामो थियो कि, अरु कसैले नै मिलाइदिनुपर्ने अवस्था थियो । वुधबार आयोजित चलचित्र ‘हाउ फन्नी’को प्रिमियरमा पनि यस्तै देखियो ।
प्रियंकाले लगाएको पहिरन लामो थियो, जसले गर्दा उनको पहिरन मिलाइदिन केही पुरुष कलाकारदेखि संचारकर्मी पनि अगाडि देखिए । सुरुमा संचारकर्मी संजयले उनको पहिरन मिलाइदिए । लामो पहिरन भएकाले प्रियंकालाई हिड्न गाह्रो भैरहेको थियो । यसपछि, ‘चपली हाइट २’का कलाकार आयुष्मानले उनको पहिरन मिलाइदिए त कहिले महिला सहकर्मीहरुले उनको पहिरन सम्हालिदिएका थिए ।
0 comments
Write Down Your Responses