दुबईमा बुर्ज खलिफाभन्दा अग्लो टावर बन्ने भयो //

चैत्र २९, २०७२- दुबईले बुर्ज खालिफाभन्दा अग्लो टावर बनाउने भएको छ । बुर्ज खालिफा अहिले संसारकै अग्लो भवन मानिन्छ । दुबईले १ बिलियन डलर खर्च गर्दै नयाँ टावर बनाउने भएको हो । यसको नाम दुबई क्रिक हार्बर राखिएको छ । यो टावरबाट पूरै दुवई हेर्न सकिने बताइएको छ । सन् २०२० मा हुने दुबई एक्स्पो अघि नै यो टावर बनाइसक्ने सरकारको योजना छ । अब बन्ने टावर बुर्ज खालिफाभन्दा ८ सय २८ मिटर अग्लो हुनेछ । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तमले यो टावर बनाउने अनुमति दिइसकेका छन् ।

0 comments

Write Down Your Responses