वैशाख १०- २०७३- आर्मी मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । उसले बिहीबार धरान फुटबल क्लबलाई १–० ले हरायो । अब उसले उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी मनाङ–मस्र्याङ्दीको सामना गर्नेछ । मनाङ बुधबार विभागीय टिम एपीएफलाई हराएर उपाधि नजिक पुगिसकेको छ ।
आर्मीको जितमा फरवार्ड नवयुग श्रेष्ठले निर्णायक गोल गरे । उनले ५० औं मिनेटमा पाएको अवसरलाई खेर फालेनन् । आर्मीका कप्तान भरत खवासले विपक्षी रक्षापंक्तिका खेलाडीलाई छक्काएर दिएको पासलाई नवयुग श्रेष्ठले पोस्टको दिशा दिए ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा धरान सम्हालिन नसक्दा हार बेहोर्न बाध्य भयो । आर्मीका कप्तान भरत खवासले खेल सुरु भएको पाँचौं मिनेटमा वान–भर्सेज–वान को अवसर खेर फालेका थिए । त्यस्तै ३८ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए । नवयुग गोल गर्ने तीन राम्रा अवसरमा चुकेका थिए । आर्मीका पदम तामाङ म्यान अफ द म्याच घोषित भए ।
झापा गोल्डकपमा आयोजक झापा–११ लाई पराजित गर्दै उपाधि जितेको आर्मी आहा–रारा कप र हेटौंडामा मनाङदीसँग फाइनलमा पराजित भएको थियो । धरानले गोलको मौका चुकाउँदा आर्मीसँग बराबरी गर्ने अवसर गुमायो । धरानका लक्ष्मण रुचालको वान–भर्सेज–वान बल लाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको अन्ततिर धरानले अर्को मौका पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । धरानले सुरुदेखि आर्मीसँग
तिस्पर्धात्मक खेल खेले पनि गोलको अवसर सिर्जना गर्न सकेन ।
केही राम्रा अवसरमा चुक्दा जित हासिल गर्न कठिन भएको आर्मीका प्रशिक्षक मेघराज केसीले बताए । मैदान प्रवेश गरेपछि धेरै खेलाडी घाइते भए, उनले भने, ‘खेलाडी धमाधम परिवर्तन गर्नुपरेकाले पनि खेलको तालमेल मिल्न सकेन । उनले फाइनलमा मनाङ जस्तो सशक्त टिमसँग जित्ने उद्देश्यसाथ खेलाडीलाई तयार पारिने बताए ।
पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न नसक्नु नै हारको कारण भएको धरानका प्रशिक्षक सुवास केसीले बताए । अनुभवी खेलाडीसँग पनि हाम्रा खेलाडीले राम्रो खेल देखाए, उनले भने, आर्मीका खेलाडीलाई मार्क गरेर खेल्न नसक्दा गोलको अवसर सिर्जना हुन सकेन ।
मनकामना केबुलकार पोखरा कपमा बिहीबार बल नियन्त्रणमा लिने प्रयासमा रहेका आर्मीका नवयुग श्रेष्ठलाई रोक्न खोज्दै धरानका रोमन लिम्बू पहेंलो जर्सी
आर्मी मनकामना केबुलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ\\\\


0 comments
Write Down Your Responses