११ वैशाख - विप्लव नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले माओवादी नेतालाई पक्राउ गरेको दोस्रो दिन शेरबहादुर देउवाको नाममा पक्राउ पुर्जी जारी गर्ने घोषणा गरेका छन् ।
माओवादीलाई घेराबन्दी र पक्राउ पुर्जी जारी गरेको दोस्रो दिन हाम्रो जन अदालतले शेरबहादर देउवाको नाममा पक्राउपुर्जी जारी गर्नेछ, बास्तोलाले राजधानीमा आयोजित माओवादीहरुको ध्रुवीकरण प्रश्न विषयक अन्तक्र्रिया कार्यक्रममा भने सरकारी दलालहरुलाई पक्राउ जारी गर्नेछौं । जनयुद्धकालिन मुद्दाहरु ब्युताउन थालिएको परिवेशमा माओवादी नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।
वास्तोलाले एमाओवादी अध्यक्ष प्रचण्डले पेरिसडाँडामा गरेको माओवादी नेताको ध्रुवीकरणलाई संसदवादी धुर्विरणको संज्ञा दिए । त्यस्तै क्रान्तिकारी माओवादीका नेता हरिभक्त कंडेलले सिद्धान्त निष्ठ एकताको पक्षमा हुनेहरु कुनैपनि हालतमा एमाओवादीमा नजाने भन्दै मन्त्री पद खान हतारभएकाहरु र आन्दोलनबाट विचलितहरु एमाओवादीसँगको एकताको लागि हतारिरहेको बताए । भरखरै एमाओवादी परित्याग गरेका नेता हेमन्त प्रकाश ओली प्रचण्डलाई डरपोकको संज्ञा दिए । प्रचण्ड भनेको डर पोक हुन् । जनयुद्धकालमा दूश्मन आयो भनेपछि भकारी भित्र हल्लिन्थे, ओलीले भने, अहिले प्रचण्ड पनि हेगको पासो देखेर डराईरहेका छन् ।
एमाओबादी अध्यक्ष प्रचण्ड डराईरहेको आरोप शेर बहादुर देउवालाई पक्राउ


0 comments
Write Down Your Responses