नेपाली जहाज चीनमा अलपत्र\\\\\\
काठमाडौँ- १० बैशाख-नेपालले ल्याउन लागेका चारवटा जहाज ६ महिनाअघि नै तयार भए पनि चीनका दुई ठूला फ्याक्ट्रीका मैदानमै अलपत्र छन् । एभिक एयरक्राफ्ट कम्पनी लिमिटेड, सियानस्थित मैदानमा एमए ६० जहाज र रुसको सीमानजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई १२ जहाज राखिएका छन् । चारवटै जहाजमा नेपाली झन्डा राखिएको छ । चिनियाँ अधिकारीका अनुसार यी चार जहाजका लागि नेपालले ६० प्रतिशत रकम अर्थात् २१.०६ मिलियन डलर तिरिसकेको छ ।सरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले गत डिसेम्बरमा नै चीनका दुवै सहरमा पुगेर परीक्षण उडान र प्राविधिक जाँच गरिसकेका छन्’, कम्पनीका प्रमुख इन्जिनियर सोंग चाँगले भने, नेपालले जहाज लैजाने दिन पर्खिरहेका छौं । उत्पादक कम्पनीको मैदानमा राखिएका यी चारवटै जहाजमा नेपाल वायुसेवा निगमको रङसमेत लगाएर ठिक्क पारिएको छ। सबै जहाजमा नेपाली कलसाइनसमेत उल्लेख गरेर तयार पारिएको छ । नेपालमा उडानका लागि दर्ता गरेपछिमात्र कलसाइन प्रयोग गर्न पाइन्छ । ९ एन एकेभी, ९ एन एकेयू, ९ एन एकेटी कल साइनका यी जहाज सन् २०१४ मा तत्कालीन सरकारले न्यूनतम ब्याजको चीनकै ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो।दुई सरकारबीच भएको सम्झौतामा दुईवटा एमए ६० र ४ वटा वाई १२ जहाजमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज उपहारका रूपमा चीन सरकारले दिने र बाँकी ४ जहाज चीनको एक्जिम बैंकले न्यूनतम ब्याज १.५ प्रतिशतमा सात वर्षको ग्रेस समय सावाँ तिर्नु नपर्ने, ब्याजमात्र तिर्ने दिने उल्लेख छ ।


0 comments
Write Down Your Responses