सभामुख घर्तीको स्वास्थ्यस्थितिबारे जानकारी उपराष्ट्रपति ।।।
चैत्र -२९-२०७२, उपराष्ट्रपति नन्दबहादुर पुनले आज सभामुख ओनसरी घर्तीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । सभामुखलाई भेट्न उपराष्ट्रपति पुन आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल पुगेका थिए । भेटमा उपराष्ट्रपतिले सभामुखको घर्तीको स्वास्थ्य लाभको कामना गरेका उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । सो अवसरमा सभामुख घर्तीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी गराएकी थिइन् । उच्च रक्तचाप, मधुमेह र पिनासको असर पढेपछि सभामुख घर्तीलाई आइतबार सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न डा: डिवी कार्कीले सभामुखको घर्तीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सभामुख घर्तीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।।।


0 comments
Write Down Your Responses