अब सबै ल्याण्ड लाइन नम्बर परिवर्तन हुनेदुरसञ्चार सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको सेवालाई पनि अघि बढाउन \\\\\

नेपाल दुरसञ्चार प्राधिकरणले ल्याण्डलाइन नम्बर, मोबाइल र एसएमएस प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ। दुरसञ्चार सेवाको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको सेवालाई पनि अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ। ल्याण्डलाइन टेलिफोन, मोबाइल सेवा र एसएमएस सिस्टममा परिवर्तन गर्न अध्ययन भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। अब सबै ल्याण्डलाइनका फोन नम्बर परिवर्तन गरेर दश डिजिटको हुनेछन्। अहिले उपत्यकामा ७ डिजिटको ल्याण्ड लाइन नम्बर छ भने उपत्यका बाहिर ६ डिजिटको छ। ल्याण्ड लाइन नम्बर १० डिजिटमा परिवर्तन गर्ने काम शुरु हुन लागेको छ। ल्याण्ड लाइन नम्बर परिवर्तन हुनुभन्दा अघि मोबाइल सेवा र एसएमएस सेवामा केही परिवर्तन गरिने बताए। इन्टरनेट प्रदायक कम्पनीहरु सेवाका लागि प्रतिष्प्रर्धामा उत्रने हुदाँ नेपालबाट विदेशमा गर्ने फोन अहिलेको भन्दा निकै सस्तो पर्ने छ। माैलाउँदै गएको कल बाइपास गर्ने प्रविधि त्यसपछि अन्त्य हुने प्राधिकरणले दाबी गरेको छ। त्यस्तै प्राधिकरणले एकै पटक ठुलो समुहमा गरिने एसएमएस सिस्टममा रहेको ४ डिजिटलाई पनि परिवर्तन गर्नका लागि गृहकार्य गरिरहेको प्रवक्ता अर्यालले बताए। नयाँ प्रणाली भ्वाइस मेल सेवाको पनि नम्बर परिवर्तन गरिने प्राधिकरणले जनाएको छ। त्यस्तै अव सबै इर्मजेन्सी सेवा तत्काल पाउनका लागि विशेष अंक स्थापना गर्न लागिएको उनले बताए। त्यस्तै भूकम्प, बाढी लागायतका आपतकालीन अवस्थाका लागि १०७ को पछाडि कुनै एक अंक राख्ने पनि प्राधिकरणको तयारी छ।

0 comments

Write Down Your Responses