नाइजेरियाली रक्षा मन्त्री मन्सुर दान अलीले सम्बीरा जङ्गलमा अखाडा जमाएर बसेका बोको हराम आतङ्कवादीका सबै शिविर र गोप्यस्थलमा आक्रमण गरी निर्मूल पारिने बताउनुभएको छ । बोको हराम सदस्यहरुले मुलुक कै बाक्लो सम्बीसा जङ्गललाई बलियो एक भूमि बनाई लुकेर बसेका छन् ।उक्त जङ्गललाई घेराहाल्ने प्रयोजनले जाम्फारा प्रान्तको उत्तरपश्चिमी क्षेत्रको उपयुक्त सामरिकस्थलमा एक सैनिक व्यारेकसमेत निर्माण भइरहेको समेत उहाँले जानकारी दिनुभयो । बोको हराम आतङ्वादीहरुले विगत छ वर्षयता दसौँ हजार निर्दोष जनताहरुको हत्या गरेको सयौँ युवतीको अपहरण गरेका छन् ।उनीहरुको यस्तो हिंसात्मक उग्रताका कारण दसौँ लाख जनता घरवार विस्थापित भएका छन् । Click here for exciting offerAds सन् २०१५ को डिसेम्बर महिनादेखि बोको हराम आतङ्कवादीहरुलाई प्राविधिकरुपमा परास्त गरी सकिएको अव उनीहरु सरकारी सेनासँग मुकाबिला गर्न नसक्ने तर गुरिल्ला सैलिमा फाट्टफुट्ट आक्रमण गर्ने स्थितिमा पु¥याइएको उहाँले जानकारी दिनुभयो । क्यामरुन, चाड, नाइजर र बेनिनको संयुक्त सहयोगमा नाइजेरियाले आफ्नो नेतृत्वमा सन्. २०१५ मार्चमा आठ हजार सात सय जना सैनिक संलग्न एक शक्तिशाली बहुराष्ट्रिय सुरक्षा बल खडा गरिएकोले बोको हरामविरुद्धलड्दै आएको छ । नाइजेरियाले दुई वर्षमा ३५९ प्रहरी अधिकारी गुमाए यसैबीच नाइजेरियामा सन् २०१४ देखि २०१६ सम्मको दुई वर्षको अवधीमा ३५९ प्रहरी मारिएका नाइजेरिया प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । यसैगरी यस अवधीमा २७५ प्रहरी अधिकारीहरु घाइते भएका पनि सो स्रोतले प्रष्ट पारेको छ ।सन् २००९ बाट बोको हराम आतङ्ककारी समूहले जारी राखेको आतङ्ककारी आक्रमणहरुको कारण प्रहरी अधिकारीहरुको हताहती सङ्ख्या बढेको बताइएको छ ।
बोको हरामलाई निर्मूल पारिने अलीको उद्घोष


0 comments
Write Down Your Responses