कोपा अमेरिकाको फाइनलमा पुग्यो अर्जेन्टिना, अमेरिकाविरुद्व ४–० को जित
काठमाडौं–जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनल प्रवेशको लागि नेपाली समय अनुसार बुधबार बिहान भएको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले अमेरिका विरुद्व सहज जित निकालेको छ ।
अर्जेन्टिनाले आयोजक अमेरिकालाई ४–० को अन्तरले पराजित गरेको हो । अमेरिकाविरुद्व अर्जेन्टिनाका मेस्सी, लाभाजी र हिगुइनले गोल गरेका थिए ।
खेलको पहिलो ३ मिनेटमा नै लाभाजिले हेडमार्फत अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा फ्रि किकमा मेस्सीले गोल गरेका थिए । दोस्रो हाफको ५० औं र ८६ औं मिनेटमा हिगुइनले गोल गर्दै अर्जेन्टिनालाई उपाधी नजिक पुर्याकएका हुन् ।
अर्जेन्टिना १४ पटकको बिजेता हो । प्रशिक्षक जर्गेन क्लिन्सि म्यानको प्रशिक्षणमा रहेको अमेरिकाले अर्जेन्टिनालाई हराउँदै फाइनलमा प्रवेश गर्ने लक्ष्य राखेको थियो । तर, वर्तमान समयकै उत्कृष्ट खेलाडी लियोनल मेसीको टिमका अगाडि अमेरिकाको केही चलेन् ।
प्रतियोगितामा मेसी उत्कृष्ट स्थानमा छन् । उनको यही स्थान अमेरिकाविरुद्व हावी भयो ।



0 comments
Write Down Your Responses