सामसुङले ल्यायो पानी र धुलोरहित मोबाइल

एजेन्सी: बहुचर्चित दक्षिण कोरियाली मोबाइल कम्पनी सामसुङले ग्यालेक्सी एस सेभेन एक्टिभ विश्व बजारमा सार्वजनिक गरेको छ। यसअघि सामसुङले फ्ल्यागसिप एस सेभेनको एक्टिभ भर्सन सार्वजनिक गरेको थियो। सामसुङको यो स्मार्टफोन मेटलबाट बनेको छ। तर यसमा केही प्लास्टिक र मेटल समेत मिसाइएको छ। जसले गर्दा फोनको तौल केही गहुँगो छ। स्ट्यान्डर्ड वरिएन्टेडभन्दा यो २ मिलिमिटर मोटो रहेको छ। सुरक्षाका लागि यसको स्क्रिनमाथि पालिकार्बोनेट लेयर राखिएको छ। यो फोन आइपी ६८ सर्टिफाइड अर्थात पानी र धुलोरहित भएको कम्पनीले जनाएको छ। यसका साथै यो स्मार्टफोनले अमेरिकी मिलिट्री स्टयान्डर्ड (MIL-STD) 810G पास गरेको कम्पनीको दाबी छ। यसमा धेरै लाइट, कम तापक्रम, साल्ट, ह्यूमिडिटीको कुनै असर गर्दैन। स्पेसिफिकेशन यसको स्टयान्डर्ड ग्यालेक्सी एस सेभेन नै राखिएको छ तर यसको ब्याट्री ४ हजार एमएएच राखिएको छ। त्यतिमात्रै नभएर सुरक्षाको लागि पनि बेस्ट फिचर समाहित छ। यसको इन्टरनल मेमोरी ३२ जीबीको रहेको छ जसलाई माइक्रो एसडी कार्डमा बढाउन सकिनेछ। ५.१ सुपर एमोलेड क्वाड एचडी डिस्प्ले भएको यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रैगन ८२० प्रोसेसर तथा ४ जीबीको र्याम राखिएको छ। ग्यालेक्सी एस सिक्स जस्तै यो स्मार्टफोनमा पनि एटी एण्ड टी(AT&T) एक्सक्लुसिभ रहनेछ जुन सुविधा अमेरिकामा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ।

,

0 comments

Write Down Your Responses