मधेसी मोर्चाको दुई घटकबीच कुटाकुट
तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच जग्गाको कम्पाउण्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन्। झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको संघीय समाजवादी फोरमलाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापेको छ। झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन्। प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक बरामद गरेको छ।


0 comments
Write Down Your Responses