दिपिकाले जति खुशी अरुले दिन सक्दैनन् : रनबिर

असार १२, २०७३- बलिउडमा चलीरहने ‘प्रेमकथाहरू’को चर्चामा अहिले अग्रपंक्तिमा रनबिर सिंह र दिपिका पादुकोणको नाम आउँछ । यो प्रेमिल जोडीले आफ्नो प्रेमका बारेमा खुलेर केही नबोले पनि उनीहरुले एकअर्काको बारे दिने अभिव्यक्तिले भने यी दुईबीचको प्रेम सम्बन्ध उत्कर्षमा रहेको सहजै अनुमान लगाउन सकिन्छ । यसै अनुमानमा थप बल पुर्‍याएको छ रनबिर सिंहले आईफा अवार्ड–२०१६ मा दिपिका बारे दिएको अभिव्यक्तिले । सर्वोत्कृष्ट अभिनेताको उपाधी हात पारेपछि रनबिरले आफ्नो भाषणमा भने, ‘मलाई दिपिकाले जति खुशी अरु कसैले पनि दिन सक्दैन ।’ यस्तै उनले भाषणको अन्तिममा दिपिकाले पनि सर्वोत्कृष्ट अभिनेत्रीको उपाधी हात पार्नेमा आशा व्यक्त गरेका थिए ।

,

0 comments

Write Down Your Responses