टर्कीको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण हुँदा ३६ जनाको मृत्यु
काठमाडौँ, १५ असार - टर्कीको राजधानी स्थानबुलमा रहेको मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण तथा अन्धाधुन्ध गोली प्रहारका कारण ३६ जनाको ज्यान गएको छ।
युरोकपको सबै भन्दा व्यस्तमध्य एक स्थानबुलको विमानस्थलमा तीन जना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा तथा बम विस्फोटका कारण कम्तिमा ३६ जनाको ज्यान गएको हो। घटनामा ९० भन्दा धेरै घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
आक्रमणकारीले अटाटुर्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए । आक्रमण योजनाबद्ध रुपमा भएको देखिने अधिकारीलहरुले बताएका छन्।
आक्रमणपछि अटाटुर्क विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ। सरकारी अधिकारीले नागरिकलाई विमानस्थल वरपर नजान आग्रह गरेका छन्। गएको वर्ष सरकार स कुर्द चरमपन्थीबिचको युद्ध विराम भंग भएपछि टर्कीमा यसकिसिमका आक्रमण हुँदै आएका छन्।
विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। टर्कीका राष्ट्रपति रिसेप टयिप एर्डोगानले आक्रमणको निन्दा गरेका छन्। उनले आतंकवाद विरुद्ध संयुक्त अभियानका लागि आह्वान समेत गरेका हुन् ।
यस्तै अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ। जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ।
एजेन्सी



0 comments
Write Down Your Responses