तपाइको आजको रसिफल
वि.सं. २०७३ साल जेठ २५ गते। मंगलबार। इश्वी सन् २०१६ जुन ७ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, ५:१८ बजेदेखि तृतीया २८:०० बजेउप्रान्त चतुर्थी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
सहयोगीहरूको साथ जुट्नाले रोकिएका चिताएको काम सजिलै सम्पादन हुनेछ। काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। कर्मको उचित प्रतिफल पाइनुका साथै मनग्य धन आर्जन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
बोलीको गलत अर्थ लाग्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा समेत आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
सामान्य फाइदा भइरहे पनि आवेगलाई नियन्त्रणमा राख्न नसक्दा दुःख पाइनेछ। शुभचिन्तकहरू टाढिनाले काममा समस्या उत्पन्न हुन सक्छ। उत्साहपूर्वक भएको भेटघाटले मन खिन्न तुल्याउन सक्छ। अध्ययनमा पनि समय दिन नसकिएला। अवसरले पछ्याए पनि व्यवहारले पछि पार्न सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिँदै विश्राम गर्नुहोला। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
समयमा होस नपुग्दा नोक्सान हुन सक्छ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। घरखर्च पनि बढ्नुका साथै अभावले सताउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउन सक्छ। होसियारीसाथ काम लिनुहोला। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। भौतिक साधन जुट्नाले तत्कालको आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य धनलाभ हुनेछ। सजिलै काम बन्नुका साथै साझेदारी, सट्टापट्टा आदिमा सोचेभन्दा राम्रो फाइदा हुनेछ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कला, साहित्य भ्रमण आदिमा रुचि जाग्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा जुट्ने समय छ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै काम बिग्रने डरले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्योपचारमा खर्च हुने योग छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। चोटपटक लाग्ने योग देखिएकाले सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। सहयोगीहरूको भरपर्दा काम अधुरै रहने देखिन्छ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले काममा उत्साह प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले कामको चापबाट फुर्सद पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। भौतिक साधन जुट्नेछन् र प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। आँटले काम लिँदा समय उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariu
sकाममा अवरोध आउन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। (नेपाली पात्रो)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला। ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। (नेपाली पात्रो)



0 comments
Write Down Your Responses