युराेपेली मुलुकहरूद्धारा पठाइएकाे २० करोड रकममा परशुराम तामाङले भ्रष्टचार गरेकाे तामाङ अभियन्ताहरूकाे गंभीर अाराेप
नयाँ शक्ति नेपालका नेता परशुराम तामाङद्धारा २० करोडभन्दा बढी रकम भ्रष्टचार गरेको खुलासा भएको छ । भर्खरै केही समय अघिमात्र नयाँ शक्तिमा आएका तामाङले तामाङहरुको संगठन नेपाल तामाङ घेदुङमा रहँदा ठूलो भ्रष्टचार गरेको खुलासा भएको हो । परशुरात तामाङले नेपाल तामाङ घेदुङको ४ वर्षको कार्यकालमा अध्यक्ष रहँदा विदेशीहरुले पठाएको रकममा ठूलो हिनामिना गरेको सोही संगठनमा काम गरेका सहकर्मीहरुको आरोप रहेको छ । तामाङको कार्यकालमा एक विदेशी संस्था प्लान नेपाल इन्टरनेशनलद्धारा १९ करोड बढी सहयोग आएको र त्यो रकममा उनले ठूलो रकम हिनामिना गरेको बताइएको छ । त्यसैगरी उनको कार्यकालमा युरेपेली संघद्धारा ४ करोड र जापानाीहरुको एक सहयोगी संस्थाद्धारा पनि एक करोड रकम सहयोग निकासा भएको थियो । त्यो रकममा पनि उनले ठूलो हिनामिना गरेको तामाङ अभियन्ताहरुले आरोप लगाउने गरेका छन् । सबै विदेशी संस्थाद्धारा २५ करोडभन्दा बढी रकम तामाङहको समुदायलाई प्रमोशन गर्न भनेर निकासा गरेको तर परशुराम तामाङले आफ्नो नीजि काममा दुरुपयोग गरेको तामाङ घेदुङमा उनीसंगै काम गरेका सहकर्मीहरुको गंभीर आरोप छ । तामाङ घेदुङका लागि भनेर विदेशीहरुले पठाएको २५ करोड रकममध्येबाट उनले २० करोड जति रकम भ्रष्टचार गरेको र सो रकम उनीद्धारा काठमाडौंमा संचालित नििज स्कुल भृकुटी माविलगायत अरु मंहगा स्कुलमा लगानी गरेको बुझिएको छ । ०६५–०६६ पछि राजनीतिमा आएका तामाङ ८ वर्षको बीचमा झण्डै ८ वटा पार्टी बनाएर पैसाका लागि राजनीति गर्ने गरेको उनकै सहकर्मीहरुको आरोप रहेको छ । उनले नेपाल तामाङ घेदुङ नामक संगठनबाट राजनीति सुरु गरेको बुझिएको छ । घेदुङमा उनले महासचिवहुँदै अध्यक्ष पदको नराम्रोसँग दुरुपयोग गरेको घेदुङका अन्य नेताहरुको आरोप रहेको छ । परशुराम तामाङले घेदुङको जिम्मेबारीपछि ताम्सालिङ स्वायत्त राज्य परिषद बनाए । त्यसपछि उनले ताम्सालिङ राष्ट्रिय दल निर्माण गरे । यो पार्टीलाई छोडेर उनले संघीय गणतान्त्रिक समाजवादी पार्टी नामक अर्को पार्टी खोले । ०७० सालमा आउदा उनले फेरि अर्को दल निर्माण गरे । त्यो दलको नाम थिययो संघीय गणतान्त्रिक जनमुक्ति पार्टी । यसबाहेक उनले संयुक्त राष्ट्रसंघअन्र्तगत आदिवासी जनजाति महासंघ निर्माण गरेर तामाङ समुदायलाई कार्ड बनाएर विदेशी सहयोगीबाट पैसा असुल्ने माध्यम बनाएको उनीसँग काम गरेका नेताहरुको गंभीर आरोप छ । यो समाचारबारे परशुराम तामाङसँग बुझ्न खोज्दा उनले आफुलाई पछि फोन गर्नु मात्र भने, अरु बोल्न नै चाहेनन् ।



0 comments
Write Down Your Responses