स्पेनको लज्जास्पद पराजय
म्याड्रिड – तुलनात्मक रुपमा कमजोर टोली जर्जियासँग स्पेन आफ्नै घरेलु मैदानमा पराजित बनेको छ । फिफा बरियतामा १३७ औं स्थानमा रहेको टोली जर्जियासँग स्पेनले १–० को अप्रत्यासित पराजय बेहोरेको हो ।
मंगलबार गेटाफे स्टेडियममा स्पेनले खेलमा नियन्त्रण राखे पनि टोर्निके ओक्रियासिभ्लीको एक मात्र गोलको उत्तर फर्काउन सकेन ।
बोस्निया हर्जगोभिना र दक्षिण कोरियाविरुद्धको मैत्रीपूर्ण खेलमा उत्कृष्ट नतिजा निकालेको स्पेनलाई युरोकप २०१६ को पूर्वसन्ध्या भने ठूलो झड्का लागेको छ ।
सन् २०१५ मा नेदरल्याण्डविरुद्ध २–० को पराजय पछि डेल बोस्कको टोलीको यो पहिलो हार हो ।
0 comments
Write Down Your Responses