ओलीको अफर किन अस्वीकार गरे देउवा र पौडेलले ?
काठमाडौं–माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि अफर गरे । तर, ओलीको अफर देउवा र पौडेल दुवैले अस्वीका गरे । आखिर किन ओलीको अफर देउवा र पौडेल दुवैले अस्वीकार गर
काँग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अल्पमतमा परेका प्रधानमन्त्री ओलीले काँग्रेस र माओवादीवीचको अन्तरविरोध बढाउन यस्तो प्रस्ताव अगाडि सारेका थिए । ‘माअोवादीसँग भएको भद्य्र सहमति कार्यन्वयन गर्न आलटाल गर्ने ओलीबाट आएको अफर काँग्रेस–माअोवादीवीचको दुरी बढाउने कार्ड मात्र हो ।’ काँग्रेसका ती केन्द्रीय सदस्यले बताए । उनका अनुसार देउवा र पौडेलले ओलीको बोलीमा विश्वास गरेनन् ।
ओलीले सत्ता साझेदारीका विषयमा गरेको तीन बुँदे भद्र सहमति कार्यन्वयन नगरेको भन्दै माओवादीले ओली सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको थियो । माओवादीको मसर्थन फिर्ता लगत्तै भावी सरकार गठनवारे माओवादी र काँग्रेसवीच सात बुँदे सहमति भएको छ । ओली सरकार विरुद्ध उनीहरुले संसदमा अविश्वासको प्रस्ताव पनि दर्ता गराएका छन् ।
सरकार गठनबारे कांग्रेस र माओवादीबीच सहमति भइसकेपछि ओलीले एमालेका दोस्रो र तेस्रो तहका नेतामार्फत प्रधानमन्त्री बन्न देउवालाई प्रस्ताव गरेका थिए । देउवाले असार २९ गतेको पार्टीको केन्द्रीय कार्य समितिको वैठकपछि पत्रकारसँग कुरा गर्दे ओलीबाट प्रधानमन्त्रीका लागि अफर आएको बताएका थिए । देउवाले भनेका थिए, ‘एमालेको प्रस्ताव ढिला भयो ।’
देउवाले आफ्नो अफर अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता पौडेललाई प्रधानमन्त्रीका लागि अफर गरेका थिए । असार ३० गते बुधवार राती नौ बजेतिर प्रधानमन्त्री ओलीले काँग्रेस नेता पौडेललाई फोन मार्फत प्रधानमन्त्री बन्न अफर गरेका थिए । ‘ओलीले हामीसँग दुई सय ४० भोट छ, तपाईं प्रधानमन्त्री बन्नुस, कांग्रेसकै नेतृत्वमा सरकार गठन गरौँ भनेर फोन गर्नुभएको थियोे,’ पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीको भनाई उद्धृत गर्दे आजको नयाँ पत्रिकाले छापेको थियो, ‘उहाँ (पौडेल)ले पार्टी केन्द्रीय कार्यसमितिको बैठकले एउटा निर्णय गरिसक्यो, त्यसबाहिर जान सक्दैनौँ । सद्भाव देखाउनुभयो धन्यवाद छ भन्नुभयो ।’
माओवादीले समर्थन फिर्ता लिएपछि ओली प्रचण्डसँग रुष्ट देखिएका छन् । उनी प्रचण्डलाई प्रधानमन्त्री हुन बाट रोक्ने प्रयासमा लागेको बताइएको छ ।
माओवादी नेता लोकेन्द्र विष्टले ओलीको अफरप्रति व्यङ्ग गरेका छन् , ओलीज्यू, यो तपाईंको खेल पनि उही ब्याट्री जोडाइ र अर्काको घरमा आगो झोस्ने झेल त भयो नि१ त्यो पनि कत्तिको काम लाग्ला खोई ।’



0 comments
Write Down Your Responses