मोटरसाइकललाई जोगाउन खोज्दा जन्ती बस दुर्घटना
२०७३-वैशाख- १५- धनकुटामा जन्ती बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । धनकुटाबाट इटहरीका जन्ती लिएर लागि छुटेको को १ ख २९३२ नम्बरको बस आज बिहानैदुर्घटना हुँदा धरान उपमहानगरपालिका–१५ का विजय लामीछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार दुर्घटनामा मृत्यु हुने चालक हुन् । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पतालमा उपचार सुरु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटना जन्ति बस ओभरटेक गर्न खोज्ने मोटरसाईकललाई जोगाउन खोज्दा भएको हो ।


0 comments
Write Down Your Responses