ओम अस्पताल चिकित्सकको लापर्वाहीका कारण २७ हप्ताको गर्भिणी महिलाको मृत्यु

                   चिकित्सकको लापर्वाहीका कारण २७ हप्ताको गर्भिणी महिलाको मृत्यु (घोषणा हुन बाँकी) भएपछि ओम अस्पताल तनावग्रस्त छ । नियमित गर्भ परिक्षण समेत उक्त अस्पतालमा गर्दै आएकी २७ बर्षकी सावित्री श्रेष्ठको गर्भबाट आज बिहान ५ बजे बच्चा जन्एिको समाचारले मेडिकल क्षेत्रमा अर्को आश्चर्य थपिदिएको छ । बिहान ५ बजे अस्पतालकी नर्सले पीडित परिवारलाई फोन सम्पर्क गरी नेचरल रुपमा बच्चा जन्मिएको जानकारी दिए । साबित्री श्रेष्ठका जेठाजु राज श्रेष्ठले नेपाल आवाजलाई जानकारी दिँदै भने, “बच्चा हेर्दा सामान्य छ, कपाल समेत उम्रिएको छ । छोरा रहेछ । तर बच्चा भने मृत जन्मिएको रहेछ ।हाल सावित्री श्रेष्ठलाई आसियुमा भेन्टिलेटरबाट कृतिम स्वासप्रस्वास दिएर राखिएको छ । सावित्रीका बुवा मिन बहादुर श्रेष्ठले भने, हिजो १३ बैशाख, १०ः३० बजे बिहान छोरीको श्वास गएको देखें । साँझ ८ बजे अस्पतालले बिरामीका लागि भन्दै औषधि किन्न पठायो । मान्छे गईसकेपछि पनि अस्पतालले किन नाटक गरिरहेको छ ? बैशाख १२ गते साँझ पेट दुखेपछि सावित्री देवर राजु श्रेष्ठसँग अस्पताल आएकी थिईन । उनलाई रातभर लेवर वार्डमा राखिएको थियो । १३ गते बिहान मात्र अन्तिम अबस्थामा उनलाई आईसियुमा सारिएको थियो ।
अस्पतालमा प्रमुख ब्यबस्थापक डा. हरिकृष्ण श्रेष्ठले भने, “सिटी स्क्यान गर्दा बिरामीको ब्रेन ह्यामरेज देखिएपछि आईसियूमा ल्याएर उपचार ग¥यौं । अस्पतालद्वारा गल्ति स्वीकार अस्पतालले १३ गते साँझ नै अस्पतालबाट गल्ति नभए पनि सावित्रीकी ७ बर्षकी जेठी छोरीको स्कृल शिक्षा तथा नर्स पढ्न चाहेमा ओम अस्पताल सम्बद्ध ओम नर्सिङ कलेजमा निशुल्क शिक्षा करिव ४० लाख दिने प्रतिबद्धता दिएको थियो । अस्पतालका संचालक तथा बरिष्ठ डा. भोला रिजालले भने, बच्चाको भविष्यका लागि भनेर हामीले पढाउने र आजिवन निशुल्क उपचार समेत गराउने सदासयता ब्यक्त गरेका हौं, तर यसलाई क्षतिपूर्ति नभनौं । यसबाट अस्पतालको कमजोरी प्रमाणित गरेको सावित्रीका देवर राजु श्रेष्ठले दावि गरेका छ

0 comments

Write Down Your Responses