संघीय गठबन्धनको आन्दोलन आजबाट, मुलुकभर ज्ञापनपत्र बुझाईंदै
१५ -काठमाडौं- बैशाख-जनजाति पार्टी र मधेशवादी दलहरु सम्मिलित संघीय गठबन्धनको बुधबारबाट सरकार विरुद्ध आन्दोलनका कार्यक्र सुरु भएको छ ।
संघीय सीमांकन हेरफेरसहित २६ बुँ अवधारणा पत्र सार्वजनिक गरेर आन्दोलनमा उत्रिएको गठबन्धनले बुधबार मुलुकभरको जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाइरहेका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने कार्य भइरहेको गठबन्धनले जानकारी दिएको छ ।
मदन परियार संयोजकत्वको राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनअनुसार मधेसमा २ प्रदेश हुनुपर्ने, कालाबजारी नियन्त्रण गर्नुपर्ने लगायतका २६ बुँदे माग ज्ञापनपत्रमा समेटिएका बताइएको छ ।
६ महिना आमहड्ताल गरेको मधेशी मोर्चामा आवद्ध दल र जनजाति दल तथा संगठनहरु सम्मिलित उक्त गठबन्धनले आउँदो जेठ १ गते सम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।


0 comments
Write Down Your Responses