कपिलवस्तुमा फेरि भीषण आगलागी
कपिलवस्तु-१० -वैशाख - कपिलवस्तुको उदयपुर गाविस– ६ उदयपुरमा दिउँसो ३ बजेदेखि भीषण आगो लागेको छ ।
आगलागी सुरु भएको ४५ मिनेटभित्र ४५ घर जलिसकेका छन् । स्थानीय गंगाराम कुर्मीको घरबाट आगो सल्केको हो ।
अहिले स्थानीय प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । तर हावा हुरीका कारण नियन्त्रणमा आउन सकेको छैन ।
दमकललाई खबर गरिएको भए पनि आइपुगेको छैन । घटनास्थल सदरमुकामबाट ४५ किलोमिटर दुरीमा रहेको छ । आगलागीले ठूलो नोक्सानी भइसके पनि मानिसहरु भने सुरक्षित छन् ।


0 comments
Write Down Your Responses