मामाघर हिडेकी बालिकाको जंगलमा बलात्कृत ।।।।।।

प्युठानमा मामाघर हिडेकी बालिका बलात्कृत भएकी छिन् ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बिजुली–३ च्युरापानी बस्ने २१ वर्षीय बसन्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले बुधबार आफ्नो मामाघरतर्फ जाँदै गरेकी ती बालिकालाई पकला–९ अर्जम भन्ने ठाउँको जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।पीडित बालिकको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments

Write Down Your Responses