नेपाल टेलिभिजनले लाइभ प्रसारण गर्ने नेपाल-नामिबियाबीचका खेल
नेपाल टेलिभिजनले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत भोलि शनिबार र सोमबार हुने नेपाल-नामिबियाबीचका खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार राष्ट्रिय खेलकूद परिषदको सिफारिसमा नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रूपमा मान्यता दिएको हो।



0 comments
Write Down Your Responses