जीपको ठक्करले स्कुटरमा सवार तीनजनाको
वैशाख ३, २०७३- मोरङको मधुमल्लामा जीपको ठक्करले स्कुटलमा सवार तीनजनाको मृत्यु भएको छ । मधुमल्लाबाट उर्लाबारी आउँदै गरेको बा १३ च ३१५८ नम्बर जिपले ठक्कर दिंदा मे ३ प ४९४१ नम्बर स्कुटरमा सवार तीनजनाको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक मोरङको टाँडीकी २० वर्षीया संगीता लिम्बू, १९ वर्षीय मिलन राई र झापाको शरणामतीको १७ वर्षीय सनम रणपहेलीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


0 comments
Write Down Your Responses