बच्चा जन्माएर जंगलमा फाल्ने अविबाहित युवती पक्राउ
नवजात शिशुलाई जन्म दिएर जंगलमा सालनालसहित फाल्ने एक अविबाहित युवतीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । एसएलसी दिएर फर्केकी एक विद्यार्थीले आफूले जन्माएको शिशु फालेकी हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार अहिले एसएलसी दिँदै गरेकी दोलखा भीनपा–१० लेकटोलकी एक युवतीले अवैध यौनसम्बन्धबाट जन्मिएको शिशु फालेको बताए। शिशुको शुक्रबार बिहान नै मृत्यु भइसकेको छ । अहिले सुत्केरी आमाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाले एसएलसी परीक्षा पनि उपचार गराइरहेको स्थलमा नै दिन लगाएको सुनुवारले बताए। नवजात शिशुको जङ्गलमा फालेका कारण मृत्यु भएकाले उनलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही चलाइने उनले जानकारी दिए। बुधबार एसएलसीको परीक्षा सकेर प्रमिलाले जङ्गलमा आफूले जन्माएको बच्चा फालेकी थिइन् । स्थानीय जनताले जङ्गलमा झिँगा भन्किरहेको अवस्थामा जीवितै देखेपछि प्रहरीलाई खबर गरेको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको हो।


0 comments
Write Down Your Responses