निजि विद्यालयले मनपरी शुल्क उठाउन नरोके आन्दोलन गर्छौ\\\\
२०७३ -९-वैशाख , बिहान बिहिबार नेविसंघको केन्द्रीय कार्यलयमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले निजि विद्यालयहरुले लिँदै आएको मनोमानि शुल्क तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै बैठकले गत वैशाख ६ गते सरकारले विद्यार्थी संगठनसँग गरेको १० बुँदे सहमति कडाईका साथ लागू गराउन सबै संगठनका तर्फबाट १-१ जना प्रतिनिधि रहने कायदल निर्माण समेत निर्माण गरेको छ । उक्त कायदलले दिएको प्रतिवेदन का आधारमा आन्दोलनका कायक्रम तय गरिने निर्णय भएको नेविसंघका प्रवक्ता गरेको युपी लामीछानेले जानकारी दिए । उनको अनुसार कार्यदललाई ५ दिनको समय तोकियको छ ।
यस्तै बैठकले गत वैशाख ६ गते सरकारले विद्यार्थी संगठनसँग गरेको १० बुँदे सहमति कडाईका साथ लागू गराउन सबै संगठनका तर्फबाट १-१ जना प्रतिनिधि रहने कायदल निर्माण समेत निर्माण गरेको छ उक्त कायदलले दिएको प्रतिवेदन का आधारमा आन्दोलनका कायक्रम तय गरिने निर्णय भएको नेविसंघका प्रवक्ता गरेको युपी लामीछानेले जानकारी दिए । उनको अनुसार कार्यदललाई ५ दिनको समय तोकियको छ ।
बैठकले स्ववियु निर्वाचन तत्कालै सम्पन्न गराउनका लागि सबै संगठनका अध्यक्ष तहमा गम्भीर छलफल गरि तत्काल सहमति जुटाउने निर्णय समेत गरेको छ ।
यस्तै मुलुकमा व्याप्त कालोबजारी तत्काल अन्त गर्न सरकारलाई अपिल गर्ने र सरकारले बेवास्ता गरे आगामी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ ।
संयुक्त बैठकले नेपाल सरकार लगायत सरोकारवाला निकाय र विद्यार्थी संगठनबीच हालसम्म भएका सबै सहमति लागू गर्न जिम्मेवार बन्न पनि अपिल गरेको छ । नेविसंघका प्रवक्ता लामिछानेले भने, हामीसँग भए गरेका सहमति विपरित नै काम भइरहने हो भने हामी आन्दोलन गर्न बाध्य हुन्छौं ।


0 comments
Write Down Your Responses