नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई निस्शुल्क\\\\\\\\\\

 २०७३- वैशाख ९-नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई निस्शुल्क सिम वितरण गर्ने भएको छ । कम्पनी सुधारको मार्गचित्रअन्तर्गत सबै ग्राहकलाई आबद्ध गराई राख्न सिम वितरणको योजना कम्पनीले ल्याएको हो । कम्पनी सुधारको मार्गचित्रअनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिाका परिवारका लागि निस्शुल्क सिम वितरण गर्ने योजना बनाएका छौं, कम्पनी प्रबन्ध निर्देशक वृद्धिप्रसाद आर्चायले बुधबार आयोजित कार्यक्रममा भने यो कार्य २०७३ जेठ महिनाबाटै सुरु गर्ने छौं । सरकारी तथ्यांकअनुसार करिब ४२ लाख नेपाली कामको खोजीमा बिदेसिएका छन् । टेलिकमका अनुसार सामाजिक उत्तरदायित्वका योजनाअनुरूप वितरण गर्न लागेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन कार्य पनि गर्ने कम्पनीले जनाएको छ । व्यावसायिक क्षमता अभिवृद्धि तथा सुधार कार्यक्रमअन्तर्गत कम्पनीको वेबसाइट र एप्पसलाई अद्यावधिक गर्ने र सूचनामूलक बनाइने उनले बताए । विदेशी मोबाइल सेवा प्रदायकहरूसँगको सहकार्यमा प्रिफर रोमिङ सेवा सुरु गर्ने, डाटा रोमिङ सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिने आर्चायले बताए । यस्तै प्राविधिक क्षमता अभिवृद्धि तथा सुधारअन्तर्गत जीएसएम सेवाको ग्राहक क्षमता वृद्धि गर्न विभिन्न स्थानमा क्यारिएर अपग्रेडेसन र सीई बोर्ड थप गरिने छ । नयाँ स्थानहरूमा थ्रीजी सेवा विस्तार गर्ने र टुजी भएका स्थानहरूमा समेत थ्रीजी सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ । नयाँ प्रविधि अवलम्बन गर्ने सन्दर्भमा पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र फोरजी सेवा र अन्य स्थानमा थ्रीजी सेवा विस्तार गर्ने छौं र आर्चायले भने । फोरजी सेवा भने नियामक निकायबाट अनुमति प्राप्त भएपश्चात र थ्रीजी सेवाको विस्तार भने निरन्तर हुने उनले बताए । कम्पनीका अनुसार अहिले माइक्रोवेब रेडियोमार्फत सेवा सञ्चालनमा रहेका स्थानमा थ्रीजी तथा एडीएसललगायत उच्च गतिका गुणस्तरीय सेवाहरू प्रदान गर्न अप्टिकल फाइबर विस्तार गरिने छ । पाइलट फेजका रूपमा कम्पनीको विभिन्न स्थानमा जडान भएको मिटरको विद्युत् महसुलमा रिबेट लिएर एउटै मितिमा एकै स्थानमा भुक्तानी गर्ने व्यवस्था मिलाइने जनाएको छ ।मध्य पहाडी लोकमार्गको पूर्वी खण्डमा ६ सय ९१ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने जनाइएको छ । यस्तै चीन तर्फको क्रस बोर्डर अप्टिकल फाइबर सञ्चालन गर्ने र उक्त सेवाको अन्तर्राष्ट्रिय व्यापारीकण गरी कम्पनीको लाभ र प्रतिफलका लागि कार्य अघि बढाइने जनाएको छ । मोबाइल मनी सेवा पनि सुरुवात हुने छ ।आचार्यका अनुसार सरकारको नीति तथा कार्यक्रमअन्तर्गत स्मार्ट सिटीका लागि तोकिएको स्थानहरूमा कम्पनीको भौतिक पूर्वाधारहरू विस्तार हुने छन् । कम्पनीलाई समयानुकुल सक्षम र प्रभावकारी बनाउन छुट्टै खरिद ऐन तर्जुमा हुनुपर्ने, कम्पनीको कार्यप्रकृति र प्रचलित कानुनी व्यवस्थाअनुरूप हुने गरी कर्मचारी र आर्थिक विनियमावली संशोधन गरिने जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकमलाई भरपर्दो र गुणस्तरीय सेवा प्रदायक संस्थाका रूपमा उभ्याउन यसका सेवालाई व्यापक बनाउने पहल भइरहेको बताए । यस सेवाबाट फोन सम्पर्क गरे र यसको सिम कार्ड किनेबापत कुनै परियोजनाको सेयर उपलब्ध गराउने गरी नयाँ ढंगले सेवा प्रवाह गर्न पनि उनले सुझाव दिए । यस सेवाबाट फोन सम्पर्क गरे र यसको सिम कार्ड किनेबापत कुनै परियोजनाको सेयर उपलब्ध गराउने गरी नयाँ ढंगले सेवा प्रवाह गर्न पनि उनले सुझाव दिए । यस सेवाबाट फोन सम्पर्क गरे र यसको सिम कार्ड किनेबापत कुनै परियोजनाको सेयर उपलब्ध गराउने गरी नयाँ ढंगले सेवा प्रवाह गर्न पनि उनले सुझाव दिए । मन्त्रालय अन्तर्गतका सबै निकायमा भएका कामको अनुगमन गर्न प्रविधिको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले सबै निकायले १५ दिनभित्र कामको विवरण बुझाउनुपर्ने बताए । टेलिकमका अध्यक्ष तथ सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संस्थाको सुधारका लागि आफूहरूले समय तोकेरै काम अघि बढाउन लागेको र केही काम गोप्य रूपमा गरिएको बताए । उनले आगामी दुई वर्षभित्र अरूले पत्याउनै नसक्ने गरी काम अघि बढ्ने दाबी गरे । यही वैशाख मसान्तभित्र सबै कर्मचारीका हातमा कामको विवरण हुनुपर्ने, दैनिक आठ घण्टा काम गर्नुपर्ने, संस्थालाई सक्षम र मजबुत बनाउने बाहेकका कुनै पनि गुनासा नसुन्ने उनले बताए । २०७२ माघ महिनासम्म टेलिकमका ग्राहक संख्या १ करोड ४० लाख ६२ हजार छन् ।

0 comments

Write Down Your Responses