प्रशंसा छ, काम छैन

सुन्दरता र अभिनय कौशलकी संगम मानिन्छिन् नम्रता श्रेष्ठ । फरक भूमिकालाई जीवन्त शैलीमा पर्दामा पस्कनु नम्रताको ‘ट्रेडमार्क’ बनिसकेको छ । र पनि, उनको करिअरले अपेक्षाकृत गति लिन सकेको छैन । जस्तो : भ्यालेन्टाइन्स डेको छेकोमा उनी अभिनीत क्लासिक रिलिज भयो । उनी दृष्टिविहीनको भूमिकामा थिइन् । उनको अभिनयले आर्यन सिग्देललाई ओझेलमा पारिदियो । चौतर्फी तारिफ बटुलिन् । त्यसैले क्लासिकले नम्रतालाई ढाडस दिनुपर्ने थियो । तर, त्यस्तो भइदिएन ।

फिल्म रिलिज भएको दुई महिना बितिसक्दा पनि उनी नयाँ फिल्ममा अनुबन्ध भएको खबर सुनिएको छैन । बरू, प्रियंका कार्कीको व्यस्तता उकालिएको छ । कामविहीन भएपछि उनी आफ्नै होम प्रोडक्सनको नयाँ फिल्मको गृहकार्यमा जुटेको बताइन्छ । तैपनि, धरमर छिन् । किनभने, उनले निर्माण र अभिनय गरेको फिल्म सोल सिस्टर फ्लप भएको थियो ।

0 comments

Write Down Your Responses