६० हजार घूससहित वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका वन कार्यालय मगरागाडीका सहायक वन अधिकृत भरतकुमार थापालाई घुससहित पक्राउ गरेको हो ।  सेवाग्राहीबाट घुस लिँदै गरेका थापालाई आइतवार कार्यालयमै रंगेहात पक्राउ गरिएको अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ ।
 
सबै प्रक्रिया पुग्दा समेत अधिकृत थापाले विगत एक महिनादेखि सेवाग्राहीको काममा आलटाल गर्दै आएका थिए । रकम दिएमात्र काम गरिदिने भनेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले आइतवार थापालाई कार्यालयमा नै सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो । 
 
अख्तियारको क्षेत्रीय कार्यालयका सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले सहायक वन अधिकृत थापालाई घुससहित पक्राउ गरिएको जानकारी दिए । सुर्खेत र कोहलपुरबाट खटिएको अख्तियारको टोलीले वन अधिकृत थापालाई कार्यालयमा नै रंगेहात पक्राउ गरेको हो । 
 
अख्तियारका प्रवक्ता डाँगीका अनुसार वन अधिकृत थापाले जिल्लाको जनचेतना सामुदायीक वन उपभोक्ता समिति बनियाभारबाट कानुन बमोजिम लिलाम भएको गोलिया काठ चलान स्वीकृति दिन आनाकानी गरेका थिए । 
 
जसका कारण उक्त  काठ एक महिनादेखि थन्किएको थियो । तर सेवाग्राहीले ६० हजार रुपैयाँ घुस दिन तयार भएपछि थापा काम गर्न राजी भएका थिए । सोही क्रममा आइतवार अख्तियारको टोलीले कार्यालयमा घुससहित रंगेहात पक्राउ गरेको प्रवक्ता डाँगीले बताए । 

वन अधिकृत थापालाई आफूहरुले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले जनाएकका छ्न //

,

0 comments

Write Down Your Responses