गाजलु'बाट अनमोल र हेमराजको ह्याट्रिक तयारी (हेर्नुस् ट्रेलर)
अनमोल केसी तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको अभिनय रहेको 'गाजलु'को ट्रेलर रिलिज भएको छ। हेमराज बिसी निर्देशनमा बनेको फिल्मबाट श्रृष्टिले डेब्यू गर्दैछिन्। बिहिबार राजधानीमा ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक बिसीले नेपालको नेवारी समुदायमा प्रचलित कुमारी प्रथाको कथालाई फिल्ममा उठान गरेको बताए । गाजलु फेस्टिवल केन्द्रित फिल्म नभइ पूर्णरूपमा व्यवसायिक भएको दाबी गरे। त्यस्तै, निर्माता रोहित अधिकारीले चित्तबुझ्दो स्कृप्ट पाएकै कारण फिल्ममा करोड बढि लगानी गरेको बताए। अनमोलले दर्शकलाई नयाँ बर्ष २०७३ को उपहार स्वरुप दर्शकलाई ट्रेलर उपहार छाडेको बताए। फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, मेनका प्रधान, सलोन बस्नेत, गौरी मल्ल, विश्व बस्नेत लगायत लिड रोलमा छन्। तेस्रो पटक सँगै काम गरिरहेका अनमोल र हेमराजको जोडीले 'गाजलु'बाट हिटको ह्याट्रिक गर्ने आशा गरिएको छ। यसअघि उनीहरूले 'होस्टल' र 'जेरी'मासँगै काम गरेका थिए।https://youtu.be/hPVoGcI43yI


0 comments
Write Down Your Responses