अभिनेत्री ऐश्वर्या रायलाई भन्छन ,' अवार्डले दियो खुसी '

वैशाख १, २०७३- बलिउड अभिनेत्री ऐश्वर्या रायलाई गैरआवासीय भारतीय संगठनले ग्लोबल इन्डियन अवार्ड प्रदान गरेको छ। ४२ वर्षीया अभिनेत्रीले गतवर्ष ‘जज्बा’ मार्फत पाँच वर्षदेखि रोकिएको फिल्मी यात्रालाई सुचारु गरेकी थिइन्। फिल्म खासै नचले पनि ऐशको कामको भने तारिफ गरिएको थियो। यतिबेला अवार्ड जितेपछि उनी थप खुसी भएकी छन्। अवार्ड छोरी आराध्यामा समर्पित गर्दै ऐशले टीट गरेकी छन्, ‘मेरो लागि यो ब्युटी प्याजेन्ट जितेभन्दा ज्यादा महत्त्वपूर्ण छ। इन्टरनेसनल प्लेटफर्ममा भारतीय महिलाको रूपमा प्रतिनिधित्व गर्न पाउनु ठूलो मौका हो।’ यस वर्ष दुई फिल्म ‘सर्वजीत’ र ‘ए दिल है मुश्किल’ बाट पुन: दर्शकमाझ आउन लागेकी उनले थपेकी छन्, ‘मलाई फिचर फिल्म आर्टिस्टका रूपमा र एउटा कामकाजी महिलाका रूपमा एकसाथ स्वीकार गरिएकामा एकदम खुसी छु। मैले व्यक्तिगत रूपमा, व्यावसायिक रूपमा र सामाजिक रूपमा पनि धेरै अवसर पाइरहेकी छु।’ ‘मेरी कोम’ निर्देशक उमंगकुमारकै निर्देशन रहने ‘सर्वजीत’ मा ऐश रणदीप हुडा र ऋचा चडढासँगै देखिनेछिन्। पूर्व मिस वल्र्ड ऐश सन् १९९७ देखि ‘और प्यार हो गया’ खेल्दै बलिउडको प्यारमा अझै पनि भुलिरहेकी छन्। करिअरको लामो अवधिमा उनले दुई फिल्मफेयर अवार्ड जितेकी छन् भने थुप्रै सम्मान पाएकी छन्। एनआरआईले ऐशसँगै टेनिस खेलाडी सानिया मिर्जालाई पनि अवार्डले सम्मान गरेको छ।

,

0 comments

Write Down Your Responses