News
»
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका

विवेकशील नेपाली दलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पिण्ड दिएका छन। कालै पहिरनमा धरहरा पुगेका उनीहरुले भूकम्पपछि पुनर्निर्माणमा सरकारले देखाएको उदासिनताको विरोध गर्दै सांकेतिक विरोध जनाएका हुन्।
विवेकशील नेपालीको आयोजनामा युवायुवतीहरु सुन्धारादेखि भद्रकालीसम्म कालो लुगा लगाएर प्रदर्शन गरेका थिए।एक वर्षसम्म सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कुनै कदम चाल्न नसकेकाले सांकेतिक रुपमा विरोध गरेको विवेकशील नेपालीकी विना सुवेदीले जानकारी दिइन्। पुनर्निर्माणमा सरकारको ध्यानआकर्षण गर्न विवेकशील नेपालीले २१ दिनदेखि काठमाडौंको बिभिन्न ठाउँमा रिक्सा र्याली गरेको थियो।
0 comments
Write Down Your Responses