बाराको जगदम्वा स्टील कम्पनीमा आगलागी\\\\\\\
बैशाख -४ -बाराको सिमरामा अवस्थित जगदम्वा स्टीलमा आगलागी भएको छ । शनिबार बिहान ८ बजेबाट सुरु भएको आगलागीसशस्त्र प्रहरी नेपाली सेना, , जनपथ प्रहरी र ३ वटा वारुण यन्त्रले बिहान १० बजे नियन्त्रणमा लिएका छन् । जगदम्बा स्टीलको एच आर एम को कुलिङ्क बेडमा रहेको फर्मेश आयल चुहावट भएपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्को भनाई छ ।
आगलागी भएको कुलिङ्ग बेड करिव ५ सय देखि ७ सय डिग्रीको तापक्रमबाट निकालिएको फलाम चिस्याउनका लागि प्रयोग गरिन्छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses