नेपालद्वार श्रीलंकालाई पराजित


           
           २०७३- वैशाख ४- कतारमा जारी एसियन आप्रवासी लिग फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ४-० ले पराजित गर्दै नेपाल समुह बिजेता बनेको छ । नेपालले पाँच खेलमा अपराजित यात्रालाई निरन्तर दिँदै समुह बिजेता बनेको हो । नेपालले पाँच खेलमा २२ गोल गरेको थियो भने ४ गोल खाएको थियो । १५ अंकका साथ पहिलो स्थानमा रहँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार राती दोहाको अल्थुमामास्थित टेक्निकल मैदानमा भएको खेलको पहिलो मिनेटमै अमिर श्रेष्ठले पहिलो गोल गरेका थिए । खेलको २० मिनेटमा अर्जुन सुब्बाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । पहिलो हाफ नेपाल २-० भयो । दोस्रो हाफमा खेलको ३६ मिनेटमा प्रकाश गिरिले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । भक्त भण्डारीले खेलको ४६ मिनटमा गोल गर्दै नतिजा ४-० हुदै खेल सम्पन्न भयो । अमिर म्यान अफ म्याच भएका थिए । नेपाली फुटबल टिमका अध्यक्ष सञ्जिब रानाभाटले समुहका सबैभन्दा कडा प्रतिद्धन्द्धीलाई सहज रुपमा हराएको बताए । हामी आफ्नै लयमा खेलिरहेका छौ भने खेलाडीहरुको मिहेनत जारी छ \\\

0 comments

Write Down Your Responses