सिएनएन हिरो म्यागी डोयन पक्राउ परेकी छिन्
१६ बैशाख-सुर्खेतमा सिएनएन हिरो म्यागी डोयन पक्राउ परेकी छिन् । काँक्रेविहार जंगलमा बुधबार अनुमति बिना नै ड्रोन क्यामरा उडाएको आरोपमा उनी सहित उनका एक सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिएनएन हिरो म्यागी सहित पक्राउ परेका उनका सहयोगीको परिचय नखुलाइएपनि ती अमेरिकी नागरिक रहेको अनुमान गरिएको छ । नेपालको कानुन अनुसार प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामरा उडाउन पाइने भएपनि ड्रोन उडाउने अनुमति कसैले नलिएको स्थानीय प्रशासनले बताएको छ ।
स्वीकृति बिना नै ड्रोन क्यामराको प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने कानुनी प्रावधान छ ।


0 comments
Write Down Your Responses