थाइराइडको अकुप्रेसर बिधि
थाइराइड ग्रन्थिमा भएको गडबडीले गर्दा थकान महसुस हुन्छ । यसको कारण कतिपयको तौल अनियन्त्रित रूपमा बढ्छ भने, कसैको घट्दै जान्छ ।
थाइराइड ग्रन्थिमा गडबडी भए हात–खुट्टामा चिसोपन, ध्यान केन्द्रित गर्न कठिनाइ, चिन्ता, कब्जियत, डिप्रेसन, केश झर्ने जस्ता समस्या देखा पर्छन् ।
थाइराइडको समस्याबाट छुट्कारा प्राप्त गर्न योग, प्राकृतिक चिकित्सा एवं अक्युप्रेसर उपयोगी हुन्छ ।
अकुप्रेसर थेरापीअनुसार थाइराइड वा पाराथाइराइडको प्रतिविम्ब बिन्दु हात एवं खुट्टाको औंलाको तल र माथि उठेको भागमा हुन्छ ।
उक्त बिन्दुमा दायाँबाट बायाँतर्फ घडीको सुईकै आकारमा दबाउँदै जानुपर्छ ।
प्रत्येक बिन्दुमा एकदेखि तीन मिनेटसम्म प्रतिदिन दुई पटक प्रेसर गर्नुपर्छ ।



0 comments
Write Down Your Responses