बिहानै२ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ ।।।।।।।
काठमाडौं - शक्तिशाली भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ गतेको बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको साल्मे गाउँ नजिकै केन्द्रबिन्दु बनाएर गएको भूकम्पले तिब्बतको केही भाग र नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकामा सामान्य धक्का महससुस भएको थियो । ठीक एक वर्षअघि बिहान ११ बजेर ५६ मिनेटमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा नेपालमा करिब साढे आठ हजार मानिसले ज्यान गुमाउनुपरेको थियो ।


0 comments
Write Down Your Responses