विहेको दिन मृत्यु हुने वा आत्महत्या गर्ने मानिस संसारमा सायदै होलान् । तिनै कमै मध्येका एक हुन पुगे भारतको पञ्जाव प्रान्तस्थित लुधियाना शहरको मोडल टाउनका २४ वर्षे युवक मोहित ।घरबाट धुमधामका साथ अन्मिएर बेहुलीको घर नजिकै पुग्न लाग्दा उनले अचानक आँफुलाई उल्टी आउन लागेको बहाना बनाउँदै एक्कासी कार रोक्न लगाए र पगरी कारमा नै छोडेर एक्कासी नहरमा हाम फालेर आत्महत्या गरे । उनले नहरमा हाम फाल्नु अघि कुनै जन्तिलाई शंका समेत थिएन । सयौं जन्ती अघिपछि लगाउँदै बेहुली लिन हिँडेका एक बेहुलाले नहरमा हामफालेर आत्महत्या गरे लगत्तै जन्तिहरुबिच रुवाबासी मच्चिन पुग्यो । सयौँ जन्तीलाई झुक्याएर हेरेको हेरै बनाउँदै उनले क्षण भरमा नै प्राण त्याग गरे ।
स्थानीय प्रहरीको सहयोगमा उनको शव नहरबाट निकालीए पनि आत्महत्या गर्नुको कारणबारे केही थाहा हुन सकेको छैन । स्रोतका अनुसार युवकले आत्महत्या गरेको स्थानबाट बेहुलीको घर करिब ५ सय मिटरको दुरीमा मात्रै पर्छ ।
बेहुली लिन हिँडेका एक बेहुलाले नहरमा हामफालेर आत्महत्या गरे


0 comments
Write Down Your Responses