पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे राजदूत सिफारिस हुँदा चीन अत्यन्त खुसी \\\

वैशाख ११- २०७३- नेपाल सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आफ्ना देशका लागि राजदूत सिफारिस गरेकोमा चीनले खुसी व्यक्त गरेको छ । नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिएको भन्दै चीनले खुसी व्यक्त गरेको हो । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे राजदूत सिफारिस हुँदा चीन अत्यन्त खुसी छ कार्यकाल सकेर फर्कने तयारीमा रहेका चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले भने अन्य मुलुकले पनि चीनमा उच्चस्तरको व्यक्तिलाई राजदूतका रूपमा पठाउने गरेका छन् ।परराष्ट्रलाई राम्ररी बुझेको र नेपालको राजनीतिमा लामो अनुभव भएका व्यक्ति राजदूत सिफारिस हुँदा चीनमा नेपालको राम्रो सन्देश गएको बताउँदै मास्केले भने कुनै पनि व्यक्तिको स्तर र पृष्ठभूमिबाट त्यसको महत्त्व झल्किने गर्छ । पूर्वमन्त्रीलाई राजदूत सिफारिस गरेर सरकारले यो पदको गरिमा बढाएको छ । दूतावासको पनि स्तर उकासिएको छ । नेपालले भारत, अमेरिका, बेलायत, जापानको तुलनामा चीनको राजदूतलाई सेवा र सुविधाका हिसाबले कम महत्त्व दिँदै आएको सन्दर्भमा अब चीनलाई पनि महत्त्व दिन थालेको पुष्टि भएको मास्केले बताए । भारत, चीन र अमेरिकाका लागि नेपाली राजदूतलाई मन्त्रीसरह स्तरमा राख्नुपर्छ भन्दै मैले पहिलेदेखि नै भन्दै आएको थिएँ,’ राजदूत मास्केले भने कूटनीतिका दृष्टिकोणले यी तीन देश नेपालका लागि निकै महत्त्वपूर्ण छन् । त्यसमा पनि चीनसँगको सम्बन्ध नेपालका लागि अत्यन्त महत्त्वपूर्ण छ । प्रधानमन्त्री ओलीको भ्रमणमा चीसँगको सम्बन्ध नेपालका लागि अत्यन्त महत्त्वपूर्ण छ । प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग भएका सम्झौता र समझदारीलाई निरन्तरता दिँदै अरू विकास गर्न सरकार कटिबद्ध छ भन्ने सन्देश पनि गएको मास्केले बताए । आफूले थालनी गरेका कार्यले पाण्डेको कार्यकालमा निरन्तरता पाउने र अझै प्रगति हासिल हुने कुरामा आफू ढुक्क भएको मास्केले बताए । अमेरिकाले चीनमा पूर्वमन्त्री, गभर्नर तथा राष्ट्रपतिको उमेदवार रहिसकेका व्यक्तिलाई राजदूत बनाएर पठाउने गरेको छ ।

0 comments

Write Down Your Responses