News
»
भूविक्रम नेम्वाङ अस्पताल भर्ना भएका छन्
भूविक्रम नेम्वाङ अस्पताल भर्ना भएका छन्

२०७३-वैशाख ११- स्वतन्त्रता सेनानी भूविक्रम नेम्वाङ अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।
भतिज पंकज नेम्वाङका अनुसार उनलाई फोक्सो र मृर्गौलामा गम्भीर समस्या देखिएको छ । झापाको विर्तासिटी अस्पताललमा तीन दिन अघि नै भर्ना भएका उनलाई अस्पतालले काठमाडौ रेफर गरेको थियो । नेम्वाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता तथा नेम्वाङका सहयोद्धा केवी गुरुङ उनको स्वास्थ्य स्थिति वुझ्न शनिवार नर्भिक अस्पताल पुगेका थिए ।
नेपाली कांग्रेसका पुराना नेता नेम्वाङले प्रजातन्त्र प्राप्तिका लागि हतियार समेत उठाएका थिए । पूर्वमा सशस्त्र क्रान्तिको नेतृत्व नेम्वाङले नै गरेका थिए । वीपी कोइरालासंग निकट भई राजनीतिमा होमिएका नेम्वाङ विगत लामो समयदेखि राजनीतिमा सक्रिय छैनन् ।
नेम्वाङको स्वास्थ्य स्थिति वुझ्दै कांग्रेस नेता केवी गुरुङ
0 comments
Write Down Your Responses