मेट्रो बसले एक महिनामा ७० लाख आम्दानी

         काठमाडौँः उपत्यकामा सञ्चालनमा आएको मेट्रो बसले एक महिनामा ७० लाख आम्दानी गरेको छ । मेट्रो सञ्चालनमा आएको ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन् । स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ । ३९ बसका लागि प्रालिले १६ करोडको लगानी गरेको छ । सबै बसले चक्रपथको परिक्रमा गरिरहेका छन् । बस सञ्चालमा आएपछि साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम भएको प्रालिको जिकिर छ ।

0 comments

Write Down Your Responses