बलात्कारको अभियोगमा २५ बर्षीय राकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
११ वैशाख - - किशोरी बलात्कारको अभियोगमा २५ बर्षीय राकेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुुपाल्चोक भोटसिपाका बा.३ ख ९१७३ नम्वरको महेन्द्र निशान गाडीका सह–चालक तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तामाङले शुुक्रबार राति ज्याम्दीको जंगलबाट बाह्रविसे घर जान गाढी चढेकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा तामाङ्लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरी बलात्कारको घटना स्थानीय बासिन्दाले थाहा पाएपछि तामाङ सहित गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी दोलालघाटमा बुुझाएका हुन् ।


0 comments
Write Down Your Responses