राष्ट्रपति रामवरण यादवले आफूले आफैलाई होच्याए \\\\\\\\\\\\\

१८ बैशाख -- नेपालको संविधान २०७२ जारी भएपछि तात्कालिन राष्ट्रपति रामवरण यादवले आफूलाई संविधान जारी गर्ने इच्छा नभएको कुरा सार्वजनिक रुपमा अभिव्यक्ति दिएका थिए । नेपालको पहिलो राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति यादवले यस्तो अभिव्यक्ति दिनुु नहुने टिप्पणी एमाओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले राष्ट्रपति यादवको यस्तो प्रतिकृया आफूले स्वयम नसुने पनि प्रमाणित भएको भन्दै उक्त अभिव्यक्तिले यादवको पूर्वराष्ट्रपतिको गरिमालाई जोगाउन नसकेको उल्लेख गरेका छन् । यादवको यस्तो अभिव्यक्तिले यादव स्वयमलाई होच्याएको अध्यक्ष दाहालको भनाई छ । भुमिगत राजनीति गरेर राजनीतिको मुलधारमा आईपुुगेका दाहालको नयाँ संविधान निर्माणमा निक्कै ठूलो हात छ । उनै दाहालको अहिले पनि राजनीतिक व्यस्तता निक्कै छ । देशको राजनीतिमा भएपनि उनीसँग पनि कयौं दुःख, पीर र खुशीहरु हुन्छन् । सुखदुखका ति क्षणहरु दाहाल सबैभन्दा धेरै आफ्नी श्रीमती सितासँग साट्छन् । यो स्वभाविक पनि हो, जीवनको सबैभन्दा धेरै समय जोसँग बिताइन्छ उसैसँग जीवनका हर कुरा बाँडिनु । त्यसो त उनी आफ्ना पार्टीका साथीहरुसँग पनि जीवनका केहि क्षणहरु बाड्न भ्याउँछन् । प्रचण्डको २०२५ सालमा सीतासँग भेट भएको थियो । सीतासँग भेट भएको १ वर्षमा नै प्रचण्ड र सीताको सहयात्रा सुुरु भयो । उनले यो सहयात्रालाई प्रेम र पारिवारिक सहमती बिचको एउटा बिन्दुु भनेका छन् । घरमा पनि प्रचण्डका लागि सीताको कुरा हुने र आफू स्वयमले पनि सीतालाई मन पराएका कारण यो दुुईबिचको बिन्दुका रुपमा आफूहरुको सहयात्रालाई लिउको प्रचण्ड बताउँछन् । प्रचण्डको जीवनमा थुप्रै उतारचढावहरु आएका छन् । तर, जीवनका हर जटिल परिस्थितीमा पनि धर्य भएर सीताले उनलाई दिएको साथलाई उनले निक्कै ठूलो साथका रुपमा मुल्याङ्कन गरेका छन् । प्रचण्ड र सीताको सहयात्रा सुरु भएको ५० वर्ष पुुग्नै लागेको छ । विवाहको ५० औं वर्षगाँठमा पुनः विवाह गर्ने कतिपय नेपालीमा चलन छ । उनी पनि बेलाबेला सीतालाई पुनः विवाह गर्ने कुरा गर्दै जिस्काईरहन्छन् । प्रचण्ड एउटै मान्छेका २ नाम छन् । त्यो पनि २ वटै स्वभाव बोक्ने नाम एउटा प्रचण्ड, अर्को पुुष्प कमल । नरम र कडा अर्थ दिने यो नाम उनको जीवनको पहिलो नामाकरण भने होईन । उनको न्वारनमा ३ वटा नाम राखिएका थिए । त्यसमध्येको एउटा नाम छविलाल दाहाल कक्षा १० सम्म रह्यो । उनले हाईस्क्ुल पढ्ने समय नाम परिवर्तनको खुुब चर्चा हुन्थ्यो । उनी पनि नाम फेर्ने सोचमा थिए । उनको नाम फेर्ने रहरलाई बुुझेका उनका स्कुलका हेडमास्टर राजकृष्ण कडेलको अफिसमा स्कुल भरीका सबै शिक्षक जम्मा भएर सबैले पालैपालो नाम दिए । अन्त्यमा उनका गुरु चन्द्रराज भुर्तेलले पुुष्पकमल राखिदिए त्यो नाम उनलाई मन पर्यो । भूमिगत जीवनमा निक नाम राख्ने प्रचलन थियो । उनले पनि राजनीतिक जीवनको सुरुवातमा कल्याण नाम राखे । त्यसपछि विश्वास नाम राखेका उनले २०४६ सालको आन्दोलन ताका पार्टीको महासचिव भएका बेला विश्वास नाम छाडेर प्रचण्ड नाम राखे । क्रान्तिमा जाने तयारी हुँदै गर्दा युद्धको थालनी गर्छु भन्ने सोच बोकेका उनले प्रचण्ड नाम राखेका हुन् । प्रचण्ड नामसँगै सुरु भएको जनयुद्धले शान्तिको रुप लिएर पनि होला उनलाई उनको प्रचण्ड नाम खुुब मन पर्छ । प्रचण्डले समग्र राष्ट्रलाई एक बनाएको उनको भनाई छ । तर, आजका धेरै ठुुला मिडियाले प्रचण्ड नलेख्ने भन्ने निर्णयनै गरेर प्रचण्ड लेख्दैनन् । मिडियाले किन प्रचण्ड नलेख्ने भने त्यसबारेमा उनी आफै अनभिज्ञ छन् । पुुष्पकमल मात्रै बनाएर मिडियाले आफूलाई अन्याय गरेको बताउँदै प्रचण्डले भनेका छन् आम नेपालीको भावनामा पनि ति मिडियाले आघात पुराएका छन् । प्रचण्डभन्दा आम मान्छेको नेता भन्ने हुनाले मिडियाले आम मान्छेको नेता हुन नदिने षड्यन्त्र गरेका हुन की भन्ने लाग्ने प्रचण्डले रेडियो कान्तिपुरको कार्यक्रम घुम्ने मेचमाथीका लागि दिनेश डिसीसँगको कुराकानीका क्रममा बताए ।

0 comments

Write Down Your Responses