हराएको १२ लाख फिर्ता

१९ बैशाख -धन देख्दा महादेवको तीन नेत्र नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्टाउँदै पूर्वका दुई युवतीले उदाहरणीय इमान्दारी देखाएका छन् ।उनीहरुले दुर्घटनामा हराएका एक व्यक्तिले हराएको १२ लाख रुपैयाँ भेट्टाएका थिए । उक्त रकम सम्बन्धित परिवारका सदस्यालाई खोजेर हस्तान्तरण गरे ती युवतीले । बिहीबार राति कोसी राजमार्गअन्तर्गत धरान इटहरी सडक दुर्घटना हुँदा धरान उमनपा १७का ओमबहादुर गेलालको मृत्यु भयो । आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा त्यतिबेला १२ लाख रुपैयाँ रहेछ । घटनापछि गेलालको पैसासहितको झोला हरायो । गेलाललको मृत्युले परिवारजन शोकमा थिए । साथमा थियो नगद र कागजात नभेटि्टँदा पाीडा झनै थपिएको थियो । परिवारजनले हराएको पैसा भेटिने आशा करिब करिब मारिसकेका थिए ।तर जब धनारनकी ज्योति राई र मोरङकी सुनिता राईले पैसासहितको झोला भेटेका खवर आयो । बिहिबार साँझ करिब ७ बजेतिर विश्वकर्मा मन्दिरमुनिको जंगलमा गेलाल चढेको मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको टेम्पोले ठक्कर दियो ।इटहरीबाट स्कुटीमा धरान फर्किरहेका सुनितथन र ज्योतिले पैसासहितको कोलो व्याग भेटाए । उनीहरुले धरान १५ का बाँझगरा वन समूहका पूर्वअध्यक्षलाई यसबारे जानकरी दिए । उनले गेलाल परिवारसँग पैसा पुर्‍याउन सहयोग गरे ।

0 comments

Write Down Your Responses