News
»
बिजुलीको सदुपयोग भएन कारण हो?
बिजुलीको सदुपयोग भएन कारण हो?

वैशाख १९- २०७३- अन्यत्रजस्तो लोडसेडिङको मार स्याङ्जामा छैन । कारण हो, कालीगण्डकी जलविद्युत आयोजना प्राविधिक गडबडीबाहेक बिजुली कटौती हुँदैन तर लोडसेडिङमुक्त जिल्लामा बिजुलीको सदुपयोग गर्दै न त कलकारखाना खुलेका छन् न त्यसमा आधारित व्यवसाय नै ।
केवल घरायसी प्रयोजनमा मात्र विजुलीको प्रयोग हुँदै आएको छ । आयआर्जन मुलक उद्योगधन्दा र पेशा/-व्यवसाय सञ्चालन गर्नेतर्फ कसैको ध्यान पुगेको छैन २४ सै घण्टा विद्युत आपूर्ति हुने लाभ उठाउन उद्योगी-व्यवशायी पनि अग्रसर देखिंदैनन् ।
जसका कारण जिल्लाको आर्थिक उन्नतिमा प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव देखिन थालेको छ । कलकारखाना सञ्चालनमा ल्याउने हो भने उत्पादित बस्तु र सेवा सस्तो पर्छन् । स्याङजा मुलुककै नमुना जिल्ला बन्ने अवसर प्राप्त गर्न नसकिएको उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले बताए । विद्युतको महत्त्व बुझ्न नसकिएकाले फाइदा लिन सकेका छैनौं, उनले भने, अब पहल थाल्छौं । उनका अनुसार दुध, कृषिजन्य उद्योग, पानी, कुखुरा फार्मलगायत उद्योग स्थापनाका लागि योजना भने तय भइसकेको छ ।
स्थानीय अगुवा दिलीपप्रताप खाँड स्याङजाले भने, २४ सै घण्टा विद्युत उपलब्ध हुँदा पनि जिल्लावासीले दिनभर खाने र सुत्नेबाहेकका काम गरेको देखिंदैन । उनका अनुसार जिल्लावासीले आम्दानीजति ढुंगा, माटो, गिटी, बालुवा, सिमेन्ट, घरजग्गा, गरगहना खरिदमा लगाएको देखिन्छ । पैसालाई उत्पादनमुलुक काममा लगाएको देखिंदैन, उनले भने ।
जलविद्युत सडकलगायत सुविधा उपलब्ध भएर पनि महत्त्व बुझ्न नसकेको उनको ठम्याइ छ । निजी क्षेत्रको अग्रसरता आवश्यक भएको उनले औंल्याए । आँधीखोला, ज्याग्दीखोला र कालीगण्डकी करिडोरमा पर्ने भएकाले जिल्लामा उद्योग र कलकारखानाको विकास गर्न सकिने प्रचुर सम्भावना छ ।
निकट भविष्यमै वालिङ र बयरघारी करिडोर पनि सञ्चालनमा आउने तयारी छ
0 comments
Write Down Your Responses