सम्बन्धि विवाद ,दुर्घटनापछि ग्राउण्डेड भएको वर्ष दिन वित्दापनि टर्कीस एयरको विमान विमानस्थलबाट हटाइएन,
कार्यालयको टर्कीस एयरको टीके ७२६ बोइङ्ग विमान दुर्घटना भएर ग्राउण्डेड भएको एक वर्ष वितिसक्दा पनि अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाउने काम भएको छैन । गत वर्ष दुर्घटना भएको उक्त विमानका कारण ४ दिन सम्म सबै अन्तराष्ट्रिय उडान प्रभावित भएको थियो । तर दुर्घट्नाग्रस्त उक्त विमान अहिले सम्म पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा होल्ड गरेर राखिएको छ ।
विमानस्थलमा बोइङ्ग जहाज होल्ड गरेर राख्दा त्यसको महँगो शुल्क तिर्नुपर्छ । तर अहिलेसम्म पनि विमान होल्ड गरेर राखेको विमानबारे टर्कीस एयरलाईन्स र बिमा सम्बन्धीको विवादले त्रिभुवन अन्तराष्टिय विमानस्थलको पार्किङ क्षेत्रबाट उक्त विमान हटाउँन सकेको छैन । विमानस्थल निस्क्रियताले पनि विग्रिएको विमान यति लामोसम्म अन्तराष्ट्रिय विमानस्थलमा थन्किएर बसेको हो ।
उक्त विमान २०७१ साल फागुण २० गते स्तानबुलबाट काठमाडौंका लागि २२४ यात्रु बोकेर काठमाडौँको लागि उडेको थियो । काठमाडौँमा विहान ७ बजेर १२ मिनेट जाँदा पहिलो पटक अवतरण गराउन लाग्दा भिजिविलिटि कम भएर आकाशमै होल्ड गरिएको थियो र ७ बजेर ४० मिनेटमा दोश्रो पटक अवतरण गर्दा अगाडिको पाङ्ग्रा पन्चर हुन पुगि धावन मार्गमा चिप्लिएर घासे मैदानमा पुगेर दुर्घटना भएको थियो । विमानमा सवार सबै यात्रुको सकुशल उद्धार गरियो तर विमान भने ग्राउण्डेड भयो । दुर्घटना ग्रस्त विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ४ दिनसम्म नराम्ररी प्रभावित समेत बनायो
यसले आन्तरिक तथा बाह्य सबै हवाइ उडानलाई असर गर्न पुग्यो । ४ दिनपछि भारतको रेस्क्यु विमान काठमाडौँ आएर उक्त विमानलाई हटाउन सहयोग ग¥यो र दुर्घटना भएको विमानलाई धावन मार्गबाट हटाएपछि एयरपोर्ट सञ्चालनमा आयो । तर, ७१ सालमा भएको दुर्घटना भएर ग्राउण्डेड भएको विमान ७३ सालसम्म आइपुग्दा पनि विमानस्थमै पार्क गरेर राखिएको छ । यसले नेपालका अन्य विमान राखिने ठाउँ ओगटेर बसेको छ । तर यसलाई हटाउनमा न टर्कीस एयरलाइन्स न त नागरिक उडडयन प्राधिकरण नै सक्रिय देखिएको छ । विमानस्थलको यो निस्क्रियताले विमानस्थल प्रशासन र नागरिक उडडयन प्राधिकरणमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
तर, त्रिभुवन विमानस्थलको प्रशासन भने विमान हटाउने कार्यमा लागिपरेको बताउँदै विमान नहटनुमा विमान र विमा कम्पनीबीचको लडाई मूख्य कारण भएको बताउँछन् । विमानस्थल कार्यालयका प्रबन्ध निर्देशक देवानन्द उपाध्यायले टर्कीस विमानबाट विमानस्थलको सेवाशुल्क नियमावली २०६७ को नियम ५ को उपनियम ३ अन्तर्गतको नियम बमोजिम २५ % को दरले पार्किङ्ग शु्ल्क लिएको बताउँनुभयो ।
यसै त मुलुककै एक मात्र अन्तराष्ट्रिय विमानस्थल साँघुरो र अपर्यप्त भैरहेको गुनासो आइरहेको बेला विग्रिएको विमान एक वर्षभन्दा लामो समय विमानस्थल परिषरमै होल्ड गरेर राख्दा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । यसमा विमानस्थलको पहलमै कमजोरी भएकोमा कसैको दुई मत छैन । त्यसैले सम्बन्धित एयरलाइन्सलाई दवाव दिएर भए पनि यो समस्या छिटो भन्दा छिटो समाधन गर्नमा अब कुनै ढिलाइ गर्न हुदैन ।


0 comments
Write Down Your Responses