विदेशी कुटनीतिकहरुले यसरी प्रश्न गरे पछि मधेसी नेताहरु चुप \\\\\
२०७३-वैशाख- ९ - नयाँ संविधानप्रति असहमति राख्दै आन्दोलनको तयारीमा रहेको संघीय गठबन्धनले आज नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रमुख र अधिकारीहरुसँग छलफल भएको छ ।
राजधानीको होटल र्याडिसनमामा भएको छलफलमा गठबन्धनका नेताहरुले आफूहरुले गर्न लागेको भावी आन्दोलनको रुपरेखा बारे जानकारी गराएका थिए ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार बैठकमा आफूले विगतको आन्दोलन, भावी आन्दोलनको स्वरुप, मुलुकको पछिल्लो परिस्थिति र सरकारको हेपाहा प्रबृत्तिको विषयमा विदेशी कुटनीतिज्ञहरुलाई व्रिफिङ गरेको जानकारी दिए ।
उनका अनुसार डेढ दर्जन जति कुटनीतिक नियोगका अधिकारीहरु छलफलमा सहभागि थिए । जनजाति अगुवा डा। ओम गुरुङले आफूले भावी आन्दोलनको कार्यक्रम, सरकारको विभेदकारी नीति, संविधानमा रहेको विभेदको विषयमा जानकारी दिएको बताए ।
सो क्रममा कुटनीतिक नियोगका अधिकारीहरुले आन्दोलनको स्वरुप, आन्दोलनको योजना र रणनीतिको विषयमा चासो राखेका थिए ।
उनका अनुसार उनीहरुले बार्ताको विषयमा संघीय गठबन्धनको धारणा बारे चासो राख्दै आन्दोलनमात्रै गर्ने हो या निकासको लागि बार्ता पनि गर्नु हुन्छ भन्ने विषयमा प्रश्न राखे पछि मधेसी नेता अक्मकाएका थिए ।
सो क्रममा विदेशी कुटनीतिज्ञहरुले गठबन्धनको अवधारणको विषयमा भने कुनै पनि प्रतिक्रिया दिएनन् ।


0 comments
Write Down Your Responses