पारस खड्कालाई प्रश्नको ओइरो ?

      -                       वैशाख ९- काठमाडौं– जब आफ्नो भनाई राखेर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मञ्चको छेउमा रहेको सोफामा बस्नुभयो, तत्कालै कार्यक्रम उद्घोषकले प्रश्न खुस्काइ हाल्नुभयो, पारस खड्काले क्रिकेटमा चौका छक्का त धेरै हान्नुभयो बच्चा जन्माएर सुनौला हजार दिनको सुरुवात कहिले गर्नुहुन्छ त ? महिला तथा बालबालिको पोषण स्थितिमा सुधार ल्याउन बिहीबारदेखि सुरु भएको सुनौला हजार दिन कार्यक्रमको शुभारम्भ समारोहमा बोल्ने अतिथीले पारस खड्कालाई कहिलेदेखी सुनौला हजार दिन सुरु गर्ने त ? भन्ने प्रश्नको बाढी ल्याउन थालेपछि मञ्चमा बसेका पारस खड्काको मुख लाजले रातोपिरो हुँदै गयो । सबैले एउटै कुरा भनिरहँदा कप्तान पारस खड्काले मुसुमुसु हाँसेर पनि टारिदिनुभयो । स्वास्थ्य मन्त्री रामजनम चौधरी, ब्यवस्थापिका संसदको महिला बालबालिका ज्येष्ठ नागरिक र समाजकल्याण समितिकी सभापती रञ्जुकुमारी झा मात्र होइन संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका नेपाल प्रमुख टोमो होजुमीले पनि अंग्रेजीमै पारसलाई सुनौला हजार दिनको सुरुवात पनि गर्ने र बहुक्षेत्रीय पोषण तथा खाद्य सुरक्षा राष्ट्रिय दूत एकै पटक बन्ने अवसर मिलेको भन्दै जिस्काउनुभयो । सुनौला हजार दिन अभियानको सदभावना दूत बन्नुभएका पारस खड्काले २०७१ सालको माघमा प्राप्ती राज्यलक्ष्मी राणासँग विहे गर्नुभएको थियो ।

,

0 comments

Write Down Your Responses