ब्याक टू ब्याक पर्दामा देखिँदा फेसभ्यालु घट्छ भन्ने हेक्का प्रियंकालाई होला कि नहोला

दर्शकलाई आफ्नो मन पर्ने कलाकारका धेरैभन्दा धेरै राम्रा फिल्म हेर्ने चाह हुन्छ । आफ्ना फ्यानको यही चाह बुझ्न नसक्दा उम्दा भनिएका कलाकार ओझेल परेका उदाहरण धेरै छन् । यतिबेला प्रियंका कार्कीलाई लिएर पनि यस्तै चिन्ता व्यक्त गर्न थालिएको छ । किनभने, उनी पाए जति फिल्म खेल्ने धुनमा देखिएकी छन् । जबकि, उनको लिड रोल रहेको कुनै फिल्मले ब्लक बस्टरमा कमाल मच्चाएको छैन । फन्को यसको पछिल्लो उदाहरण हो । वडा नम्बर ६ को सफलताको श्रेय प्रियंकाले कम, हास्य कलाकारले बढी पाए । कबड्डी कबड्डी र क्लासिकमा उनको भूमिका चास्नीसरह थियो । यतिबेला प्रियंकाको नयाँ फिल्म रिलिज भएको छ, नाई नभन्नु ल ४ । यो फिल्मको ह्यांग नउत्रिँदै १० वैशाखमा हाउ फन्नी प्रदर्शन हुनेछ । लालटिन र पुरानो डुंगा पाइपलाइनमा छन् । यसरी ब्याक टू ब्याक पर्दामा देखिँदा फेसभ्यालु घट्छ भन्ने हेक्का प्रियंकालाई होला कि नहोला ?

,

0 comments

Write Down Your Responses