गुजरातमा कर्फ्यु, मोबाइल–इन्टरनेट काटियो

वैशाख ५, २०७३- भारतको गुजरात राज्यमा आरक्षणको माग गर्दै पटेल समुदायले गरेको आन्दोलन हिंसात्मक भएपछि प्रशासनले कर्फ्यु लगाएको छ भने मोबाइल–इन्टरनेट काटिएको छ । गत वर्ष जुलाईमा पनि आरक्षणको माग गर्दै गुजरातका पटेलले आन्दोलन गरेका थिए । त्यस आन्दोलनका मुख्य नेता २१ बर्षिय हार्दिक पटेल अहिले पनि थुनामा छन् । उनको रिहाइको माग गर्दै थालिएको प्रदर्शन हिंसात्मक भएको हो । प्रदर्शनकारीले राज्यका गृहमन्त्रीको कार्यालयमा समेत तोडफोड गरेको बताइएको छ । सरदार पटेल गु्रपका नाममा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले भोलि सोमबार गुजरात बन्दको आह्वान गरेका छन् । केहीअघि भारतको अर्को राज्य हरियाणामा पनि जाटहरुले आरक्षणको माग गर्दै आन्दोलन गरेका थिए । राजस्थानमा पनि गुज्जर समुदायले ठूलो आन्दोलन गरेका थिए

,

0 comments

Write Down Your Responses